इतिहासको दर्शन, विज्ञान र काव्य शास्त्र

१. चिनारी साहित्य र इतिहासको साइनो परस्पर सम्बन्धित भएकाले पाश्चात्य समालोचनामा इतिहास, रचना र समालोचनामा पारस्परिक साइनो बारे प्रशस्त चर्चा भएको छ । एरिस्टोटल (इपू चौथो शताब्दी) ले इतिहास र आख्यानमा फरक छुट्याउँदै इतिहास तथ्यपरक हुने काव्य चाहिँ काल्पनिक भए पनि सम्भव हुनु पर्ने विचार राखे । डेकार्ट जस्ता प्रज्ञा पन्थी दार्शनिकहरुले इतिहासलाई न्युटनका नियम […]

नेपाली टोपीको इतिहास

गुवाहाटी, असमका मेरा शिष्य एकदेव अधिकारीले एक दिन मलाई नेपाली ढाका टोपीको इतिहास सोधे । मेरो यो अनुसन्धान त्यसै खुल्दुलीको फल हो । कमलमणि दीक्षित एकातिर सबभन्दा धेरै नेपाली भाषाका पुस्तक (३४ हजार जति) को सङ्ग्रहालय (मदन पुरस्कार पुस्तकालय) का हर्ताकर्ता हुन्, अर्कातिर नेपालको सबभन्दा धनी संस्कृतिको खानी काठमाडौँ उपत्यकाका रैथाने हुन् । दीक्षितको तेस्रो […]

नाकाबन्दीको मार्क्स वादी व्याख्या

संविधान सभाले झन्डै १० वर्ष लगाएर झन्डै ९२% मतले ‘नेपालको संविधान’ जारी गरेको दिन (२०७२ साल असोज ३ गते) देखि नेपालले जारी गरेको संविधानबाट असन्तुष्ट भएर संसारको सबभन्दा ठुलो लोक तन्त्रको प्रतिनिधित्व गर्ने भारतको बिजेपी सरकारले नेपालका विरुद्ध नाकाबन्दी सुरु गरेको छ । यसबाट विश्वका राजनीतिज्ञहरुले अच्चम्म मान्नु पर्ने अनेक कुराहरु चाल पाए : (क) […]

आख्यानको चेतन प्रवाह प्रविधि

नेपाली आख्यान साहित्यमा शङ्कर लामिछाने, पोषण पाण्डे, विजय मल्ल र गोविन्द बहादुर मल्ल ‘गोठाले’ का कथामा पाइने अनि विश्व साहित्यमा दुजार्दिन, रिचार्ड्सन, उल्फ, काफ्का, हेमिङ्ग्वे र ज्वायसका उपन्यासमा प्रयोग र विकास भएको चेतन प्रवाह प्रविधिको सैद्धान्तिक धरातल र प्रस्तुतिका प्रक्रियासित नेपाली पाठकलाई चिनारी गराउनु मात्र यस लेखको लक्ष्य हो । १. चेतन प्रवाहको परिभाषा चाल […]

कल्पना सिद्धान्त

कल्पना बारे समालोचकहरुले चिन्तन गर्न थालेको झन्डै अढाई हजार वर्ष भएछ । समालोचनाको यस परम्परामा लन्जिनस, ड्राइडेन, एडिसन, बर्क, लक, कान्ट, कलरिज र रिचर्ड्सले आफ्नो आफ्नो व्याख्या र विचार थपेका छन् । कल्पना सिद्धान्तको पाश्चात्य साहित्यको यस्तो विकास क्रममा नगेन्द्रले भट्टनायक र अभिनवगुप्तको ‘साधारणीकरण’ को सिद्धान्तसँग पाश्चात्य आचार्यहरुका विचारको तुल्यता स्थापना गरी दिएर संस्कृत समालोचना […]

‘ज्योतिको पङ्ख उचाली’ को अर्थ विश्लेषण

मैले आफु तिन चार कक्षामा पढ्दा पहिलो पल्ट गाउन सिकेको र गाउँदा गाउँदै कण्ठस्थ भएको मनका गहिराइमा जरा हालेर बसेको नेपालको राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ का रचनाकार कवि माधव घिमिरे रहेछन् भन्ने मैले धेरै पछि मात्र चाल पाएँ । गीतको ‘पङ्ख’ शब्दको अर्थ ‘पखेटा’ रहेछ भन्ने अलि अलि संस्कृत जाने पछि […]

मनोविश्‍लेषणको चिनारी

  डा. माधव प्रसाद पोखरेल   मनोविश्लेषण मान्छेको मन भित्र कस्ता प्रक्रियाहरुले काम गर्छन् भन्ने कुरो पत्तो लगाउने विधिलाई मनोविश्लेषण भन्दछन् । मनोरोग लागेका मान्छेका बिरामीको उपचार गर्ने विधिको नाम पनि मनोविश्लेषण हो । अर्का तिर मानसिक उपचार गर्ने क्रममा चिकित्सकहरुले फेला पारेका समस्त सूचनाहरुको सङ्ग्रहलाई पनि मनोविश्लेषण भन्ने चलन छ । मनोविश्लेषणको इतिहासको जानकारी […]

श्रीमतीको मायाँ र शक्ति

      बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका हुन्छन् भन्ने चाल पाई सकेको थिएँ । जिउ फरक भएको पहिले चाल पाएँ होला, संस्कृति फरक भएको पछि चाल पाएँ, अहिले म त्यो ठ्याक्क […]

सरस्वती नदीको अलौकिक रूपान्तरण

सरस्वती विद्याकी देवी हुन् भन्ने कुरो सबैलाई थाह छ । ऋग्वेदमा ‘सरस्वती’ (तलाउहरुकी धनी) सिन्धु नदीको एउटा सहायक नदीको नाम मात्र हो । ऋग्वेदका अनेक ऋचामा सरस्वती नदीको नाउँ आउँछ । दसौँ मण्डलको एउटा ऋचा (१०.७५.५) मा चाहिँ पूर्वमा गङ्गादेखि क्रमश: पश्चिममा यमुना, सरस्वती, शुतुद्री (सत्लज), परुष्णी (रावी), असिक्‍नी (चेनाव), मरुद्वृधा, वितस्ता (झेलम), सुषोमा (सोहान), […]

खुकुरी दर्शन !

त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले मलाई ‘खाम भाषा’ को सर्वेक्षण गर्न टोली नेता बनाएर खटाएको हुनाले म रुकुम र रोल्पाका मगर भाषाको भाषा वैज्ञानिक सर्वेक्षण गरेर फर्केँ । रुकुमका बेग्ला बेग्लै गाउँमा बोलिने त्यस भाषामा भौगोलिक मात्र होइन ऐतिहासिक दृष्टिले पनि परस्पर नमिल्ने र मौलिक केही विशेषता देखिएका थिए । काठमाडौँबाट रुकुम तिर लाग्‍नु […]