My Papers

कुसुन्डा जातिको लोकाचार

Posted on:

चिनारी   पश्चिमाञ्‍चल र मध्य पश्चिमाञ्‍चलको पहाडी भाग र तराईमा मात्र छरिएर बसोवास गर्ने कुसुन्डा नेपालको एउटा अनौठो जन जाति हो, किन भने न यसको अग्लाइ अरू नेपाली जातिसित मिल्छ, न यसको परम्परागत पहिरन अरू नेपाली जातिसित मिल्छ, न यसको भाषा अरू कुनै भाषासित मिल्छ, न यसको परम्परागत बसोबास अरू […]

My Papers

के अचम्मका नेता !

Posted on:

सके सम्म कम मेहनत गरेर सके सम्म धेर काम देखाउने सामानलाई विज्ञानमा मेसिन भन्दछन् । हाम्रो नेपालले मेसिन बनाउने कुरामा केही पनि उन्नति गर्न सकेन भनेर मेरो निम्सरो राष्ट्र वाद सारै पिरोलिएको थियो, तर भर्खरै मलाई के ज्ञान खुल्यो भने, नेपालले जत्तिको मेसिनको उत्पादन गर्न सक्‍ने उद्योग त विश्वका कुनै […]

My Papers

नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ का नौला पाइला

Posted on:

नेपाली भाषाको उत्थान र विकासमा गोपाल पाँडे ‘असीम’ को योगदान अद्वितीय छ, किन भने त्यस मार्गमा उनले जे जे गरे, त्यस्तो अरू कसैले गरेन । उनका योगदानको बेलिविस्तार यसरी लगाउन सकिन्छ :   (क) विसं १९९० को भुइँचालाले धेरै नेपालीको घर र बस्ती ध्वस्त पार्‍यो । गोपाल पाँडेको जीवनमा चाहिँ […]

My Papers

नेपाली लोक विश्वास

Posted on:

नेपाली समाज धेरै लोक विश्वासका आडमा चलेको छ । त्यस्ता लोक विश्वासहरू लामो परम्परादेखि नेपाली समाजमा चलिरहेका छन् । धेरैजसो त्यस्ता लोक विश्वास वैज्ञानिक दृष्टिले निम्सरा हुन्छन्, तर नेपाली संस्कृतिमा त्यस्ता विश्वासहरूको ठूलो र बलियो भूमिका हुन्छ । यस लेखमा नेपाली समाज र संस्कृतिमा गाडिएर बसेका त्यस्तै लोक विश्वासहरूको मीमांसा […]

My Papers

प्रोफेसरले ल्याप्चे लगाएको दिन

Posted on:

झन्डै सतासी वर्षकी भए पछि मेरी आमाले हामी चार भाइमा हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशवण्डा गरी दिने फैसला गर्नु भएछ, त्यसैले सुनसरी मालपोत कार्यालयमा मैले जीवनमै सबभन्दा धेरै ल्याप्चे लगाएको दिन म झन्डै पैँसट्ठी वर्ष पुगी सकेको थिएँ । नेपाली परम्परा अनुसार जग्गा र पैसाको लेनदेनमा गाउँ ठाउँमा सर्वत्र निरक्षरहरूलाई कागत […]

My Papers

वीरेन्द्रकेसरी पोखरेलको सम्झना

Posted on:

वीरेन्द्रकेसरी पोखरेल नेपालका पानी पोखरेलहरूका कुलको एउटा प्रसिद्ध र अद्वितीय नाम भएकाले मैले उहाँसँग प्रत्यक्ष परिचय हुनु भन्दा धेरै अगाडिदेखि नै चिनेको थिएँ । उहाँ मेरी खाम्तेल्नी दिदीका ज्वाइँ हुनु हुन्थ्यो । खाम्तेल्नी दिदी (इन्दिरा) को नाउँ त मलाई थाह छैन, तर उहाँ कमला (नेउपाने) दिदी र भोजराज (खनाल) दाइकी […]

My Papers

नेपालका भाषा, संस्कृति र पारस्परिक प्रभाव

Posted on:

मानव शास्त्रीय र भाषा वैज्ञानिक अनुसन्धानका आधारमा नेपालका मातृभाषा बोल्नेहरू सबै बाहिरबाट आएका देखिन्छन् । ह्वाइटहाउसहरूले पछिल्लो पल्ट प्रकाशित गरेको पपुवा न्यु गिनीका तुलनात्मक शब्दहरूका आधारमा कुसुन्डा पनि दक्षिण पूर्वी प्रशान्त महासागरीय टापुबाट आएको सङ्केत पाइएको छ । आग्नेय परिवारका अरू मातृभाषीहरू नेपाल छिरेको धेरै भएको छैन । आज दक्षिण […]

My Papers

श्रीमान्‌का रूपमा माधव पोखरेल

Posted on:

श्रीमान्‌का रूपमा माधव पोखरेल शारदा पोखरेल (प्रस्तोता : शैलजा पोखरेल) धरानको विजयपुरमा जन्मनु भएका माधव पोखरेल लगभग १९ बर्षको हुँदा मसँग बिहे भएको थियो । उहाँकी दुलहीका रूपमा खोटाङ जिल्लामा जन्मेकी म करिव १६ बर्षकै उमेरमा २०२४ सालको असार १६ गते शारदा ओझा बाट पोखरेल भएकी थिएँ । उहाँसँगै जीवनका […]

My Papers

भाषाका खोजीमा पैतालामा चक्र

Posted on:

डा. वल्लभ मणि दाहालले २०३५ साल तिर मलाई भाषा विज्ञान पढ्न नउकासुन्जेल म धरानमा हात्तिसार क्याम्पसका विद्यार्थीलाई नेपाली व्याकरण र रचना सिकाउनु भन्दा बढ्ता भाषामा लागेको थिइन । त्यो वेला भन्दा अघि सम्म मैले कविता, महाकाव्य, कथा, निबन्ध, समालोचना र बरु नाटक लेख्‍ने र प्रकाशित गर्ने अभ्यास गरेको थिएँ । […]

My Papers

Assam Profile

Posted on:

Assam Profile Assam: Assam, Meghalaya, Manipur, Nagaland, Mizoram, Arunachal Pradesh and Tripura From the second half of the last century with opening of tea-gardens in many parts of Assam, peoples of various tribal groups like Munda, Gond, Santhal, Savara, Oraon migrated to Assam to work in the tea gardens. Australoid: […]