My Papers , Nepali

आख्यानको चेतन प्रवाह प्रविधि

Posted on:

नेपाली आख्यान साहित्यमा शङ्कर लामिछाने, पोषण पाण्डे, विजय मल्ल र गोविन्द बहादुर मल्ल ‘गोठाले’ का कथामा पाइने अनि विश्व साहित्यमा दुजार्दिन, रिचार्ड्सन, उल्फ, काफ्का, हेमिङ्ग्वे र ज्वायसका उपन्यासमा प्रयोग र विकास भएको चेतन प्रवाह प्रविधिको सैद्धान्तिक धरातल र प्रस्तुतिका प्रक्रियासित नेपाली पाठकलाई चिनारी गराउनु मात्र यस लेखको लक्ष्य हो । […]

My Papers , Nepali

कल्पना सिद्धान्त

Posted on:

कल्पना बारे समालोचकहरुले चिन्तन गर्न थालेको झन्डै अढाई हजार वर्ष भएछ । समालोचनाको यस परम्परामा लन्जिनस, ड्राइडेन, एडिसन, बर्क, लक, कान्ट, कलरिज र रिचर्ड्सले आफ्नो आफ्नो व्याख्या र विचार थपेका छन् । कल्पना सिद्धान्तको पाश्चात्य साहित्यको यस्तो विकास क्रममा नगेन्द्रले भट्टनायक र अभिनवगुप्तको ‘साधारणीकरण’ को सिद्धान्तसँग पाश्चात्य आचार्यहरुका विचारको तुल्यता […]

My Papers , Nepali

‘ज्योतिको पङ्ख उचाली’ को अर्थ विश्लेषण

Posted on:

मैले आफु तिन चार कक्षामा पढ्दा पहिलो पल्ट गाउन सिकेको र गाउँदा गाउँदै कण्ठस्थ भएको मनका गहिराइमा जरा हालेर बसेको नेपालको राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ का रचनाकार कवि माधव घिमिरे रहेछन् भन्ने मैले धेरै पछि मात्र चाल पाएँ । गीतको ‘पङ्ख’ शब्दको अर्थ ‘पखेटा’ रहेछ भन्ने […]

My Papers , Nepali

मनोविश्‍लेषणको चिनारी

Posted on:

  डा. माधव प्रसाद पोखरेल   मनोविश्लेषण मान्छेको मन भित्र कस्ता प्रक्रियाहरुले काम गर्छन् भन्ने कुरो पत्तो लगाउने विधिलाई मनोविश्लेषण भन्दछन् । मनोरोग लागेका मान्छेका बिरामीको उपचार गर्ने विधिको नाम पनि मनोविश्लेषण हो । अर्का तिर मानसिक उपचार गर्ने क्रममा चिकित्सकहरुले फेला पारेका समस्त सूचनाहरुको सङ्ग्रहलाई पनि मनोविश्लेषण भन्ने चलन […]

My Papers , Nepali

श्रीमतीको मायाँ र शक्ति

Posted on:

      बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका हुन्छन् भन्ने चाल पाई सकेको थिएँ । जिउ फरक भएको पहिले चाल पाएँ होला, संस्कृति फरक भएको पछि चाल […]

Nepali

नेपालको भाषिक सौन्दर्य (गोरखा पत्र, ११४ औँ वर्ष प्रवेश विशेषाङ्क, २०७१ साल वैशाख २४ बुध बार, ठ)

Posted on:

पछिल्लो राष्ट्रिय जन गणनाले नेपालमा १२३ ओटा भाषा भएको लगत अघि सारेको छ । नेपालका सबै मातृभाषाहरु पाँच ओटा महापरिवारमा बाँडिन्छन् : (क). कुसुन्डा, (ख). द्रविड, (ग). आग्‍नेय, (घ). भारोपेली आर्य, र (ङ). भोट बर्मेली । विश्वको भाषिक सम्पदामा नेपालका यी मातृभाषाले सांस्कृतिक र जैविक विविधता थपेका छन् । कुसुन्डाहरु […]

My Papers , Nepali

वीर प्रचण्ड चिरायु रहुन् !

Posted on:

नेपालको इतिहासमा पृथ्वी नारायण शाह भन्दा पनि वीर कुनै मान्छेको नाम लिनु पर्दा म पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नाउँ लिन्छु, किन भने पृथ्वी नारायण शाहले भुरे टाकुरे राजाहरूलाई परम्परागत हतियार र रण कौशलका आधारमा जितेका थिए भने, प्रचण्डले चाहिँ राजा महेन्द्र भन्दा बढ्ता महत्त्वाकाङ्क्षी सम्राट् ज्ञानेन्द्रलाई आधुनिक हतियार र […]

My Papers , Nepali

अस्तित्व वादको चिनारी

Posted on:

त्यजेदेकं कुलस्यार्थे, ग्रामस्यार्थे कुलं त्यजेत्; ग्रामं जनपदस्यार्थे, आत्मार्थे पृथिवीं त्यजेत् । (कुलको हितका लागि एक जनाको हित त्याग्‍नु पर्छ; गाउँको हितका लागि परिवारको हित त्याग्‍नु पर्छ; राष्ट्रको हितका लागि गाउँको हित त्याग्‍नु पर्छ; तर आफ्नो अस्तित्वका लागि पृथ्वीकै हित पनि त्याग्‍नु पर्छ ।) चाणक्य नीति अस्तित्व वादको चिनारी डा. माधव […]

My Papers , Nepali

डा.बल्लभ मणि दाहाल

Posted on:

१. झर्रोवादी आन्दोलनका सहभागी डा.बल्लभ मणि दाहाल नेपालका प्रसिद्ध भाषा वैज्ञानिकको नाउँ हो। सं.२०१३ सालमा बनारसबाट बालकृष्ण पोखरेलको नेतृत्वमा ‘नौलेा पाइलो’  भन्ने पत्रिका निस्केको थियो। ‘झर्रो नेपाली आन्दोलन’ भन्ने नामले परिचित भाषिक आन्दोलन त्यसै पत्रिकामार्फत आएको हो। बल्लभ मणि दाहाल पनि त्यस आन्दोलनका एकजना सहभागी हुनुहुन्थ्यो। बालकृष्ण पोखरेल, तारानाथ शर्मा, […]

My Papers , Nepali

गोरखा पत्रका ‘नयाँ नेपाल’ स्तम्भको समीक्षा

Posted on:

गोरखा पत्रमा ‘नयाँ नेपाल’ को जन्म १.    नेपाली भाषामा मात्र प्रकाशित हुने ‘गोरखा पत्र’ मा २०६४ साल साउन ४ गतेको निर्णय अनुसार नेपालका अरू मातृभाषामा पनि समाचार, सूचना र टिप्पणी प्रकाशित गर्ने एउटा स्तम्भ थपियो, जसमा प्राय दुई ओटा भाषाले दिनहुँ ठाउँ पाएको देखिन्छ ।   मातृभाषाको सङ्ख्या : राष्ट्रिय […]