मनोविश्‍लेषणको चिनारी

  डा. माधव प्रसाद पोखरेल   मनोविश्लेषण मान्छेको मन भित्र कस्ता प्रक्रियाहरुले काम गर्छन् भन्ने कुरो पत्तो लगाउने विधिलाई मनोविश्लेषण भन्दछन् । मनोरोग लागेका मान्छेका बिरामीको उपचार गर्ने विधिको नाम पनि मनोविश्लेषण हो । अर्का तिर मानसिक उपचार गर्ने क्रममा चिकित्सकहरुले फेला पारेका समस्त सूचनाहरुको सङ्ग्रहलाई पनि मनोविश्लेषण भन्ने चलन छ । मनोविश्लेषणको इतिहासको जानकारी […]

श्रीमतीको मायाँ र शक्ति

      बिहे हुँदा म अठार वर्षको मात्र थिएँ र मेरी श्रीमती (शारदा) पन्ध्र वर्षकी मात्र । बिहे हुनु भन्दा धेरै वर्ष अघि मैले केटा र केटी फरक फरक किसिमका हुन्छन् भन्ने चाल पाई सकेको थिएँ । जिउ फरक भएको पहिले चाल पाएँ होला, संस्कृति फरक भएको पछि चाल पाएँ, अहिले म त्यो ठ्याक्क […]

सरस्वती नदीको अलौकिक रूपान्तरण

सरस्वती विद्याकी देवी हुन् भन्ने कुरो सबैलाई थाह छ । ऋग्वेदमा ‘सरस्वती’ (तलाउहरुकी धनी) सिन्धु नदीको एउटा सहायक नदीको नाम मात्र हो । ऋग्वेदका अनेक ऋचामा सरस्वती नदीको नाउँ आउँछ । दसौँ मण्डलको एउटा ऋचा (१०.७५.५) मा चाहिँ पूर्वमा गङ्गादेखि क्रमश: पश्चिममा यमुना, सरस्वती, शुतुद्री (सत्लज), परुष्णी (रावी), असिक्‍नी (चेनाव), मरुद्वृधा, वितस्ता (झेलम), सुषोमा (सोहान), […]

खुकुरी दर्शन !

त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले मलाई ‘खाम भाषा’ को सर्वेक्षण गर्न टोली नेता बनाएर खटाएको हुनाले म रुकुम र रोल्पाका मगर भाषाको भाषा वैज्ञानिक सर्वेक्षण गरेर फर्केँ । रुकुमका बेग्ला बेग्लै गाउँमा बोलिने त्यस भाषामा भौगोलिक मात्र होइन ऐतिहासिक दृष्टिले पनि परस्पर नमिल्ने र मौलिक केही विशेषता देखिएका थिए । काठमाडौँबाट रुकुम तिर लाग्‍नु […]

नेपालको भाषिक सौन्दर्य (गोरखा पत्र, ११४ औँ वर्ष प्रवेश विशेषाङ्क, २०७१ साल वैशाख २४ बुध बार, ठ)

पछिल्लो राष्ट्रिय जन गणनाले नेपालमा १२३ ओटा भाषा भएको लगत अघि सारेको छ । नेपालका सबै मातृभाषाहरु पाँच ओटा महापरिवारमा बाँडिन्छन् : (क). कुसुन्डा, (ख). द्रविड, (ग). आग्‍नेय, (घ). भारोपेली आर्य, र (ङ). भोट बर्मेली । विश्वको भाषिक सम्पदामा नेपालका यी मातृभाषाले सांस्कृतिक र जैविक विविधता थपेका छन् । कुसुन्डाहरु आधार भूत रूपमा वनवासी हुन्, […]

वीर प्रचण्ड चिरायु रहुन् !

नेपालको इतिहासमा पृथ्वी नारायण शाह भन्दा पनि वीर कुनै मान्छेको नाम लिनु पर्दा म पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नाउँ लिन्छु, किन भने पृथ्वी नारायण शाहले भुरे टाकुरे राजाहरूलाई परम्परागत हतियार र रण कौशलका आधारमा जितेका थिए भने, प्रचण्डले चाहिँ राजा महेन्द्र भन्दा बढ्ता महत्त्वाकाङ्क्षी सम्राट् ज्ञानेन्द्रलाई आधुनिक हतियार र माओ च तुङको गुरिल्ला युद्धका […]

घिउ र खुकुरी साट्ने तमसुक !

(अन्नपूर्ण पोष्ट, ११ माघ २०६० शनिबार, पृष्ठ ६) दुइटा ठगहरूले मित लगाएछन् । एक पल्ट एउटाले एक ठेकी घिउ बनाएछ । ठेकी वास्तवमा गोवरले भरेछ; ठेकीको माथि माथि मात्र एकदम मगमग बास्‍ना आउने सक्‍कली आलो घिउ खारेर हालेछ । उसका मितले चाहिँ एउटा कम्सल खालको फलामको पुरानो भुत्ते सिरु पाते खुकुरी बुइकलबाट निकालेछ र टल्किने […]

Ingressive lateral as a challenge of Umbule to the IPA

1. Ingressives: implosives and ingressive lateral in Umbule The linguistic feature that strikes the attention of the Umbule language is its set of ingressive sounds. There are only six language using ingressive sounds in all over South Asia. The other languages that use this phonetic feature are the Indo-Aryan Sindhi and Saraiki in India and […]

अस्तित्व वादको चिनारी

त्यजेदेकं कुलस्यार्थे, ग्रामस्यार्थे कुलं त्यजेत्; ग्रामं जनपदस्यार्थे, आत्मार्थे पृथिवीं त्यजेत् । (कुलको हितका लागि एक जनाको हित त्याग्‍नु पर्छ; गाउँको हितका लागि परिवारको हित त्याग्‍नु पर्छ; राष्ट्रको हितका लागि गाउँको हित त्याग्‍नु पर्छ; तर आफ्नो अस्तित्वका लागि पृथ्वीकै हित पनि त्याग्‍नु पर्छ ।) चाणक्य नीति अस्तित्व वादको चिनारी डा. माधव प्रसाद पोखरेल नेपाली साहित्यमा विश्वेश्वर […]

डा.बल्लभ मणि दाहाल

१. झर्रोवादी आन्दोलनका सहभागी डा.बल्लभ मणि दाहाल नेपालका प्रसिद्ध भाषा वैज्ञानिकको नाउँ हो। सं.२०१३ सालमा बनारसबाट बालकृष्ण पोखरेलको नेतृत्वमा ‘नौलेा पाइलो’  भन्ने पत्रिका निस्केको थियो। ‘झर्रो नेपाली आन्दोलन’ भन्ने नामले परिचित भाषिक आन्दोलन त्यसै पत्रिकामार्फत आएको हो। बल्लभ मणि दाहाल पनि त्यस आन्दोलनका एकजना सहभागी हुनुहुन्थ्यो। बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोशराज रेग्मी, बल्लभ मणि दाहाल, […]