Category Archives: My Papers

बेकामे पिएचडी !

(अन्नपूर्ण पोस्ट, २०७६ साउन ११ गते शनि बार प्रकाशित) पिएचडी (डाक्टर अफ फिलोसफी) जुनसुकै विश्व विद्यालयले कुनै शोध कर्तालाई दिने सबभन्दा पहिलो सर्वोच्च उपाधि हो । विश्व विद्यालयबाट जुन शोध कर्ताले जुन कुराको अनुसन्धान गरे बापत पिएचडी उपाधि पाउँछ, त्यो कुरो संसारमा अरु कसैले पनि त्यस भन्दा अगाडि पत्तो नलगाएको कुरो हुनु पर्छ । यसरी […]

राहुलको नेपाल र नेपालीसित साइनो

(नयाँ पत्रिकामा ‘पश्चिम किल्ला चम्बा पो !’ भन्ने शीर्षकमा प्रकाशित, १८ जेठ, २०७६, शनि बार) महापण्डित राहुल सांकृत्यायनको नाउँ नसुन्ने प्रबुद्ध नेपाली हुँदैनन् होला भन्ने मेरो अन्धविश्वास छ । सोझै अङ्ग्रेजी र संस्कृत भाषा पढ्न नसक्ने तर हिन्दी भाषा चाहिँ पढ्न सक्ने थुप्रै नेपालीहरुको बृहत् सामान्य ज्ञानको आधार राहुल सांकृत्यायनकै किताबहरुको अध्ययन भएको मैले चाल […]

खसानको जातभात र प्रागितिहास

(‘खसानी’ जातभातको खास कुरो’ शीर्षकमा नयाँ पत्रिकामा प्रकाशित, २०७६ वैशाख ७ गते शनि बार)   कल्याल महलको ताम्र पत्र (१८०२) मा खसहरु बसोबास गर्ने नेपालको भू भागलाई ‘खसान’ भनिएको छ । यस लेखमा ‘खसान’ शब्दले नेपालको कर्णाली प्रदेशदेखि भारतका उत्तराखण्ड र हिमाचल प्रदेश सम्मको खस जाति बसोबास गरेको भू भाग जनाउँछ । हुन त ‘खस […]

खस जातिको भूगोल, इतिहास र चिनारी

 (अन्नपूर्ण पोस्टमा ‘खस जातिका खास कुरा’ शीर्षकमा प्रकाशित, फागुन ११ गते, २०७५) नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जन जातिहरु खस भाषा भनेर चिनाउँछन् । त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, छेत्री, ठकुरी, सन्यासी, कामी, दमाईँ, गाइने र (सम्भवतः) बादीहरुलाई खस जाति भनेर प्राय आफुले भन्दा अरुले अलिक तल खसालेर चिनाउने चलन थियो । […]

कैलास मानसरोवर जाने प्रागितिहासिक नेपाली बाटो

(अन्नपूर्ण, २०७५ चैत २ गते शनि बार)   कैलास पर्वत र मानसरोवर हिन्दु, बौद्ध र बोन धर्म मान्नेहरुको तीर्थ स्थल हो । घनश्याम आचार्य (२०६७) को सूचना अनुसार वाल्मीकि रामायण, विष्णु पुराण, वायु पुराण, श्रीमद्भागवत, देवी भागवत, भविष्य पुराण अनि स्कन्द पुराणका केदार खण्ड, मानस खण्ड र हिमवत्खण्डमा कैलास मानसरोवर क्षेत्रलाई उच्चतम महत्त्व दिइएको छ […]

उल्टो बाटोमा शिक्षा

नेपालको प्रचलित शिक्षाको फल\ हाम्रो शिक्षाको समस्या   हामीले नेपालमा प्रचलित ‘शिक्षा’ को परिभाषा नै उल्टाउनु पर्ने अथवा नफेरी नहुने भएको छ, किन भने हामीले लिएको शिक्षा हामीलाई आदर्श नेपाली हुन काम लागी रहेको छैन । मेरै परिवारका सदस्य उत्कृष्ट नम्बर ल्याएर पास भए, तर उनीहरुले पाएको त्यो उत्कृष्ट दर्जा उनीहरुलाई नेपालको भूगोल, इतिहास, जात, […]

आधुनिक कवितामा छन्दको महत्त्व (मधुपर्क, असार अङ्क, २०७५)

डा० माधव प्रसाद पोखरेल पाश्चात्य समालोचनाको यस सैद्धान्तिक चिनारीमा अङ्ग्रेजी साहित्यमा ‘आधुनिकता वादी’ (मोडर्निस्ट) र ‘नव समालोचना’ (न्यु क्रिटिसिज्म) भनेर चिनिएको बिसौँ शताब्दीको बेलाइती र अमेरिकाली समालोचनाका प्रवर्तक र पक्षधर ‘कवि समालोचक’ हरुले कवितामा छन्दको कस्तो भूमिका र महत्त्व हुन्छ भन्ने विषयमा लेखेका सशक्त विचारहरुलाई विषय बनाइएको छ । ती सबै समालोचकहरु जसले आफैँले कविता […]

बिरानो घर

अचेल धेरै नेपालीहरुलाई अर्को नचिनेको नेपालीसित भेट्ता मिठो बोली बोल्न पुगेको देखिँदैन । गाडीको खलासी र पसलेहरुले पनि आफ्ना ग्राहकहरुसित निमोठिएर बोलेको सुन्ने कुनै शिष्टाचारी कान ठाडो भएको देखिँदैन । सार्वजनिक बसमा बुढा बुढी र अशक्तहरुका लागि छुट्याई दिएको सिटमा बसी रहेका नकच्चराहरुले बुढा बुढी, छोरा छोरी बोकेका आइमाई र अशक्त देख्ने बितिक्कै सिट छोड्न […]

कमल दीक्षितका पाँच प्रकरण

कमल दीक्षितसँग जोडिएका नेपाली भाषा र साहित्यका पाठकहरुलाई एकदम काम लाग्ने मेरा पाँच ओटा ज्यादै महत्त्व पूर्ण प्रकरणको चिनारीमा मात्र मैले यो लेख सीमित गरेको छु । १. ‘भानुभक्तको महाभारत’ कमल दीक्षितलाई नचिन्ने नेपाली भाषाको पाठक को होला र, त्यसैले उनलाई म चिन्थेँ भनी रहनु परेन, तर उनले मलाई चिनेको चाहिँ ‘भानुभक्तको महाभारत’ ले गर्दा […]

रुसी रूप वादको समालोचना प्रविधि

१. परिचय पाश्चात्य साहित्यमा भाषापरक वस्तुगत समालोचना थाल्ने ‘रुसी रूप वाद’ बिसौँ शताब्दीको दोस्रो दशकमा सुरु भयो, बिसको दशक भरि कायम रह्यो र १९३० ई० मा दमनमा पर्‍यो । यो समालोचना केही भाषा शास्त्री र साहित्यिक इतिहासकारहरु (बोरिस आइखेनबाउम, रोमन याकोब्सन, भिक्टर स्क्लोभ्स्की, बोरिस तोमासेब्स्की, युरी तिन्यानोभ, झिर्मुन्स्की, ब्रिक, आदि) ले थालेका थिए (Erlich, Russian […]