संस्कृतलाई कसरी लोकभाषा बनाउने?

By | February 18, 2021

संस्कृत भाषा र वाङ्‍मय नेपाली लोकमा नङमासु भएर मिलेको छ

(पहिलो, दोस्रो, गण्डकी, पाँचौँ, कर्णाली, र सातौँ प्रदेशमा प्रस्तुत)

 

  • जुन भाषा र त्यस भित्रको साहित्य, संस्कृति र दर्शनको उपयोग नगरी लोकको कुनै पनि सांस्कृतिक गतिविधि पुरा हुँदैन, लोकभाषा भनेको त्यही हो ।
  • ‘लोकभाषा’ को योउ परिभाषा अनुसार ‘संस्कृतलाई कसरी लोकभाषा बनाउने?’ भन्ने यो विषय नै बेठिक हुन्छ, किन भने संस्कृत उहिल्यैदेखि नेपाल र नेपालीहरुको अनिवार्य लोकभाषा छँदै छ । भई रहेकालाई के बनाउने? हाम्रो समस्या चाहिँ के छ भने, नेपालको संस्कृत विश्वविद्यालय, नेपालका संस्कृत विद्यालय, ‘जयतु संस्कृतम्’ जस्ता नेपालमा संस्कृतको प्रभाव लोकमा सर्वत्र भएको देख्न चाहने संस्था र संस्कृत पढेका विद्वानहरुले र संस्कृतको उत्थान भएको देख्न चाहने स्वतन्त्र व्यक्ति र संस्थाहरुले ‘संस्कृत नेपाली लोकमा संस्कृतको पठनपाठन सुरु हुनु भन्दा धेरै अघिदेखि नै माटो, पानी, घाम, हावा र रगत मिसिए झैँ हामीले चालै नपाई स्वायत्त रूपमा चली रहेको पहिले आफुले चाल पाउनु परेको छ र लोकलाई त्यो सुइँको दिएर नेपाली समाजको उत्थानमा कसरी मनवचनकर्मले निस्वार्थ भावले अहोरात्र खट्नु परेको छ भन्ने कुरो चाल पाउनु र अभियान बनाउनु मात्र आवश्यक छ ।
  • नेपालमा मागधी, अर्धमागधी, शौरसेनी र खस प्राकृतबाट बनेका २० ओटा जति भारोपेली मातृभाषाहरु २० ओटा मातृभाषाका शब्दहरुको व्युत्पत्ति र इतिहास केलाउन संस्कृत भाषाकै कोश र व्याकरण नजानी हुँदैन ।
  • यी भारोपेली भाषा मात्र होइन, सातौँ शताब्दीमा बनेको तिब्बती लिपि पनि थोङ्‍मी सम्भोटाले संस्कृतकै वर्णमालाबाट बनाएका हुन् । नवौँ-दसौँ शताब्दी पछि पश्चिम तिब्बतमा तिब्बती भाषाको विकास गर्न संस्कृतकै सहारा लिइयो, संस्कृतका अनेक बौद्ध ग्रन्थहरु तिब्बती भाषामा अनुवाद गरियो । त्यो अनुवाद कस्तो आदर्श र यान्त्रिक रूपमा गरियो भने, तिब्बतीको खास शब्दका लागि संस्कृतको खास शब्द मात्र चलाउने थिति बाँधियो । त्यसको परिणाम के भयो भने, मुसलमान शासकहरुको आक्रमणले भारतमा नभेटिने संस्कृत ग्रन्थ तिब्बतीमा मात्र पाइए र ती ग्रन्थबाट संस्कृतमा अनुवाद गर्दा जुन शब्दबाट तिब्बतीमा अनुवाद गरिएको थियो, संस्कृतको त्यही शब्द फर्कियो । यसरी संस्कृतको मूल ग्रन्थ जस्ताको तस्तै भेटियो । यसरी संस्कृतसँग तिब्बती भाषा अर्कै किसिमले नङमासु भएर मिलेको छ ।
  • नेपाल मात्र होइन, समस्त भारतीय उपमहाद्वीपका भाषामा व्यक्ति र संस्थाका नाम संस्कृतमै राख्ने चलन छ ।
  • नेपालीले छोराछोरीको नाम राख्ता र आदर्श व्यक्तिको उदाहरण दिँदा संस्कृत वाङ्मयकै पुराणका आदर्श पात्रहरुका नाम रोज्छन् अनि कसैलाई गाली गर्दा पनि पुराणैका खलपात्रहरुका नाउँ र उदाहरण दिन्छन् ।
  • पुराणका नाम मन नपराएर राम्रा अर्थ भएका नाम राख्न मन गर्नेले पनि राम्रा नाम खोज्न कि संस्कृत जान्नेलाई सोध्छन्, कि संस्कृतका कोश पल्टाउँछन्, कि आफुले राखेको राम्रो नामको अर्थ संस्कृतमा राम्रो होला भनेर नजानी राख्छन् ।
  • आफ्नो भाषा अलिक पाखे र खुँजेली नदेखियोस् भनेर आफ्नो बोली शिष्ट बनाउन मानिसहरु नेपाली शब्दलाई संस्कृत शब्दले साट्छन् ।
  • मानक लेख्य नेपालीमा नेपाली शब्दलाई संस्कृत शब्दले साट्ने प्रक्रिया अझ बढ्छ, त्यसैले लेख्य नेपालीमा कथ्य नेपालीमा भन्दा संस्कृत शब्दको प्रतिशत बढ्छ ।
  • आफ्नो भाषण र लेखको भाषा बढ्ता आदर्श र सुमधुर बनाउन मानिसहरुले झन झन मातृभाषाका शब्दहरु संस्कृत शब्दले साट्तै जान्छन् ।
  • आत्मपरक निबन्धमा भन्दा वस्तुपरक प्राज्ञिक प्रबन्धहरुमा संस्कृत शब्द र संस्कृत व्याकरणको समास धेरै प्रयोग गर्ने चलन छ ।
  • संस्कृत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको जुनसुकै मातृभाषा (थाई, कम्बोडियाली, मलेसियाली, इन्डोनेसियाली, लाओसी, आदि) को वैज्ञानिक, प्राविधिक र पारिभाषिक शब्दावलीको स्रोत भाषा हो । त्यसैले यहाँका प्राविधिक भाषामा संस्कृत शब्दको छिरोलो हुने प्रवृत्ति छ ।
  • चिनियाँ, कोरियाली, जापानी र मङ्गोलियाली जस्ता भाषामा बौद्ध साहित्यका पारिभाषिक शब्द संस्कृतकै तत्सम, तद्भव र रूपानुवाद गरेर बनाइएका पाइन्छन् ।
  • संसारभरका भारोपेली भाषामा पनि संस्कृत भाषासँग मिल्ने असङ्ख्य शब्द पाइने अनि समस्त पूर्वी एसियाली र दक्षिणपूर्व एसियाली भाषामा संस्कृत भाषाका शब्दहरुको अनिवार्यता देखेर नै आज भन्दा झन्डै ९० वर्ष अगाडि जयपृथ्वी बहादुर सिंहले संस्कृतलाई समस्त युरेसिया (युरोप र एसिया) को सम्पर्क भाषा बनाउनु पर्छ भन्ने प्रस्ताव राखेका थिए ।
  • कवितामा संस्कृत शब्दको सबभन्दा धेरै प्रयोग हुन्छ । गद्य कवितामा पनि अनुपात बढ्तै हुन्छ भने, पद्यमा संस्कृत शब्दको अनुपात एकदम बढ्ता हुन्छ ।
  • कुनै नेपाली कविसँग संस्कृत शब्द भण्डार र शब्द निर्माण शक्ति जति धेरै हुन्छ, त्यसै सामर्थ्यले कविलाई चाहिने वैकल्पिक पर्यायहरु दिने कामधेनुको काम संस्कृतले नै गरेको छ ।
  • आफ्नो राजनीतिक स्वार्थका लागि संस्कृतको रातोदिन विरोध र खेदोपिछो गर्ने प्राय नेपालीहरुको नाम अनिवार्य रूपमा संस्कृतमै हुन्छ । धेरैजसो नेपालीको नाम संस्कृतमा भए पनि थर चाहिँ नेपालीमा हुन्छ, तर संस्कृतको राजनीतिक विरोध गर्ने कसै कसैको त छेत्री बाहुनलाई पनि जित्ने गरी थर पनि संस्कृतमा हुन्छ ।
  • संस्कृतको राजनीतिक विरोध गर्न बोलिएका भाषण र लेखिएका लेखहरु संस्कृत शब्द नै नचलाई पुरा भए त, मरिजाउँ !
  • संस्कृत भाषा, संस्कृत वाङ्मय र संस्कृत वेद, पुराण, आयुर्वेद, दर्शन र लोकाचार र त्यसका शब्दावली नै समस्त दक्षिण एसियालाई घनिष्ठ एकताको सूत्रमा बाँध्ने अनिवार्य परिचायक शक्ति हो ।
  • यस क्षेत्रमा सबै जातिका लोक कथामा संस्कृतकै पौराणिक साहित्यका कथानकहरुलाई आत्मीकरण गरिएको हुन्छ ।
  • यस क्षेत्रका सबै जातिको लोक विश्वासमा संस्कृत दर्शन र पौराणिक वाङ्मयले काम गरेको छ ।
  • गाउँठाउँका नेपालीहरुलाई अलिअलि जरिबुटीको ज्ञान नहुने गाउँले नेपाली नै हुँदैन । आयुर्वेद र त्यो लोकौषध ज्ञानको घनिष्ठ साइनो छ ।
  • संस्कृतका सबै पुराणहरु लिपिबद्ध गरेका लोक साहित्य नै हुन् ।
  • जातजाति, छुवाछुत, लोक ज्ञान, लोक विद्या, लोक विश्वास, देवीदेउता, मठमन्दिर, चाडबाड जानेर अथवा नजानेर लोकले संस्कृत वाङ्‍मयसँगै जोड्ने गरेको छ ।
  • संस्कृत भाषा नजानी नेपालका ऐतिहासिक अभिलेखहरु बुझ्नै सकिँदैन, त्यसैले संस्कृत भाषा नजानी नेपालको इतिहासको ज्ञान पुरै हुँदैन ।
  • नब्बे प्रतिशत नेपालीहरु (८१ प्रतिशत हिन्दु र १०.७ प्रतिशत मध्ये अधिकांश बौद्ध) संस्कृत नभए, जन्मन, मर्न, न्वारन गर्न, बिहेबटुलो गर्न, पूजाआजा गर्न र चाडबाड मनाउनै पाउँदैनन् ।

 

संस्कृतलाई लोकको झन नजिक कसरी पुर्‍याउने?

(गण्डकी प्रदेशमा प्रस्तु)

  • आय आर्जनको बाटो कसरी बनाउने (संस्कृत पढ्ने र राष्ट्र तथा लोकलाई ( उपयोगी कसरी बनाउने?
  • नेपाली तीर्थहरुका माहात्म्यहरु संकलन गरेर ‘नेपाल पुराण’ लेखाउने (नेपाली, संस्कृत, लोक भाषा, हिन्दी र अङ्ग्रेजीमा)। त्यसमा नेपाली लोक कथा, लोक गाथा, लोक देवता, लोक तीर्थ, लोक विश्वास, तीर्थ सम्बन्धी किंवदन्ति र माहात्म्य (गद्यपद्य मिलाएर)।
  • तीर्थ यात्रा घुम्ती बस सेवा सुरु गर्ने,
  • व्यक्ति र संस्थाका राम्रा नाम (न्वारनका नाम) सेवा शुल्क लिएर राखी दिने लोक सेवा गर्ने
  • सबै प्रदेश र पालिकाका मातृभाषामा शब्द कोश बनाउन प्रेरणा दिएर शब्दको व्युत्पत्ति खोज्न सघाई दिने
  • अखबारमा आउने अशुद्ध संस्कृत शब्दको खण्डन गरेर यो नियमले त्यसको शुद्ध रूप यस्तो हुन्छ भनेर सिकाउने लेख छपाउने
  • विदेशी भाषामा चलेका नेपाली संस्थाहरुका नाम नेपाली अथवा संस्कृतमा लेखाउने अभियान चलाउने र वैकल्पिक नामको सुझाव दिने
  • नेपालीहरु नाम राख्न संस्कृत पुराणहरुका आदर्श पात्रका नाम अथवा राम्रो अर्थ लाग्ने शब्दहरु खोज्छन् । त्यो खाँचो पुरा गर्न नेपालीलाई राम्रा लाग्ने संस्कृत मिथकका आदर्श पात्रका छोटा छोटा (अधिकतम १० हरफका) कथा सङ्कलन गरेर प्रकाशन गर्दा आय आर्जन पनि हुन्छ, संस्कृति जोगाउन संस्कृत वाङ्मयको उपयोग पनि हुन्छ ।
  • ‘नेपालीलाई मन पर्ने न्वारनका नाम’ भन्ने किताब निकाल्दा कति बिक्थ्यो होला र लेखकको नाम पनि कति चल्थ्यो होला !
  • ‘भाषा शिष्ट बनाउने संस्कृत शब्द’ भन्ने किताब लेखे हुन्छ । त्यहाँ नेपालीका आफ्ना ‘लोग्ने’ र ‘स्वास्नी’ जस्ता शब्दको साटो ‘श्रीमान्’ र ‘श्रीमती’ जस्ता संस्कृत शब्दको विकल्प दिन सकिन्छ ।
  • नेपाली भाषाका नेपालीमा प्रचलित पर्यायवाची संस्कृत शब्दमाला बनाएर प्रकाशित गर्न संस्कृतकै विद्वानले सघाउन सक्छन् ।
  • नेपाली वैज्ञानिक र प्राविधिक नव शब्दावलीमा संस्कृतकै धातु, प्रातिपदिक र व्याकरणको प्रयोग गरिन्छ । त्यस्ता नव शब्दावली पाणीनीय व्याकरण अनुसार शुद्ध छन् कि छैनन् भन्ने जाँच्ने र वैकल्पिक शुद्ध शब्द सुझाव दिने संस्कृतकै विद्वानको कर्तव्य हो । त्यो खाँचो पुरा गर्ने काम कसको होला, समीक्षा गरौँ !
  • नेपाली कविहरुका लागि अनुप्रास कोश बनाउने काम पनि बाँकी छ ।
  • ‘कल्याण’ (सत्कथा अङ्क) मा भए जस्ता आजको नेपाली लोकलाई उपयोगी हुने किसिमका आदर्श चरित्र निर्माण गर्ने नीति कथा र उपाख्यानहरुको बजार र छ, तर माल छैन । त्यसको उत्पादन गर्ने काम संस्कृतकै विद्वानहरुको हो ।
  • गुरुकुलमा विद्यार्थीहरुलाई योगाभ्यास गर्न सिकाउने पाठ्य क्रम छ कि छैन?
  • गुरुकुलमा विद्यार्थीको तह अनुसारको आयुर्वेद पाठ्य क्रममा छ कि छैन?
  • पुराणहरुमा नेपालका धेरै तीर्थहरुको उल्लेख छ । तिनीहरुको अनुसन्धान, प्रचार र क्षेत्रीय भौतिक, आर्थिक र सांस्कृतिक विकासमा संस्कृत विश्वविद्यालयका अनुसन्धान र ‘जयतु संस्कृतम्’ कस्तो योजना बनाएर अघि बढ्नु पर्ला? सोच्न थालौँ !
  • जातजाति, छुवाछुत र लैङ्गिक पक्षपात जस्ता अवैदिक सामाजिक रोग हटाउन जब सम्म संस्कृतका विद्वान् लाग्दैनन्, तब सम्म सम्भव हुँदैन । ‘जयतु संस्कृतम्’ ले यसमा अग्रता लिनु पर्छ । यस कुरामा जयतु संस्कृतम्, संस्कृत विश्वविद्यालय र संस्कृत विद्वानहरु मौन बसेको शोभनीय होइन । के योजना छ?

संस्कृतलाई आय स्रोतको माध्यम कसरी बनाउने?

  • संस्कृतका सबै पुराणहरु लिपिबद्ध गरेका लोक साहित्य नै हुन् ।
  • जातजाति, छुवाछुत, लोक ज्ञान, लोक विद्या, लोक विश्वास, देवीदेउता, मठमन्दिर, चाडबाड जानेर अथवा नजानेर लोकले संस्कृत वाङ्‍मयसँगै जोड्ने गरेको छ ।
  • दुई पैसा जोडेर व्यापार थाल्ने ठुला व्यापारीहरुलाई गुरु थापेर कसरी संस्कृतका विद्यार्थीले जानेको सिपलाई आय आर्जनको स्रोत बनाउने भन्ने शिक्षा दिलाउने

 

संस्कृतलाई देश विकासको साधन कसरी बनाउने?

  • संस्कृतका सबै पुराणहरु लिपिबद्ध गरेका लोक साहित्य नै हुन् ।
  • जातजाति, छुवाछुत, लोक ज्ञान, लोक विद्या, लोक विश्वास, देवीदेउता, मठमन्दिर, चाडबाड जानेर अथवा नजानेर लोकले संस्कृत वाङ्‍मयसँगै जोड्ने गरेको छ ।

 

संस्कृतलाई सातौँ र छैटौँ प्रदेशमा कसरी उपयोगी बनाउन सकिन्छ?

  • सातौँ प्रदेशको नाम (सुप) ठिक भएन । वैदिक र पौराणिक साहित्यका आधारमा आधारमा त्यसको उपयुक्त नाउँ जुराउनु पर्छ । ऋग्वेद, अथर्व वेद, सामवेद अनि ताण्ड्य ब्राह्मण र पञ्चविंश ब्राह्मण जस्ता वैदिक साहित्य र विष्णु पुराण, वायु पुराण, मार्कण्डेय पुराण, स्कन्द पुराण, बौद्ध साहित्य (दिव्यावदान, अशोकावदान) र कैलास पुराण जस्ता ग्रन्थको उपयोग लिन सकिन्छ ।
  • टड, पार्जिटर, सीतानाथ प्रधान र सुमन शर्माहरुले गरेको पौराणिक इतिहासको अनुसन्धान र महाभारतको उपयोग लिनु पर्छ ।
  • सातौँ प्रदेशको नाम बैजनाथधाम अथवा ‘मानस खण्ड’ राख्नु उपयुक्त होला ।
  • खसान क्षेत्रमा जति देवीदेउता छन्, जति किसिमका धार्मिक लोकाचार छन्, जति किसिमका लोक प्रसिद्ध धार्मिक उपाख्यान छन्, ती पुराणहरुमा पाइँदैनन् । पुराणहरु पनि लिपिबद्ध भएका लोक कथा नै हुन् ।
  • वैदिक साहित्यलाई अघि सारेर संस्कृतका धुरन्धर पण्डितहरु जब सम्म अघिल्लो मोर्चामा आउँदैनन्, तब सम्म छाउपडी र छुवाछुत जाँदैन ।
  • कुनै सिप नभई दलित हुन पाइँदैन ।

 

Leave a Reply