नेपालमा देखिने धार्मिक दृश्य हामी नेपालीहरुका धार्मिक गतिविधिहरु चित्रविचित्र छन् । हिन्दुहरु वर्षभरमा जे जे गर्छन्, बौद्धहरु त्यही त्यही गर्दैनन्, मुसलमान र इसाईहरुका पनि धार्मिक आचारविचार अरुसँग मिल्दैनन् । डोल्पा र हुम्ला तिर पामिर (ताजिकिस्तान) बाट आएको प्राचीन बोन धर्म मान्नेहरु पनि छन् । नेपालमा केही जैनहरु र शिखहरु पनि […]
नेपाली किताब डाउनलोड नगर्ने?
(कान्तिपुर, असार २०, २०७७) संसारका धेरै भाषाका पाठकहरुले सित्तैँमा अथवा पैसा तिरेर आफ्नो भाषाका किताबहरु अनलाइन पढ्न पनि पाउँछन् र आफ्नो कम्प्युटरमा डाउनलोड गरेर थन्क्याउन पनि पाउँछन् अझ के हो भने, यसले चलचित्र उद्योग र गेमिङ उद्योगलाई पनि असर गर्छ। अझ के हो भने, यसले चलचित्र उद्योग र गेमिङ उद्योगलाई […]
राष्ट्रकवि के विश्वकवि !
‘राष्ट्रकवि’ के ‘विश्वकवि’ ! (२०७७ भदौ ६, शनि बार, अन्नपूर्ण पोस्ट, फुर्सद) डा० माधव प्रसाद पोखरेल राष्ट्रकवि माधव घिमिरे १०२ पुग्न पाँच हप्ता बाँकी हुँदै आफ्ना कृतिमा मात्र बाँचे । उमेरले दुइटा शताब्दी छोएका घिमिरेको एक मात्र चिनारी कवित्व हो । कविता नै घिमिरेको मूल विधा हो । उन्नाइसौँ […]
नेपालका चन्द्रवंशी राजाहरुको अलिखित इतिहास
नेपालका चन्द्रवंशी राजाहरुको अलिखित इतिहास (अन्नपूर्ण पोस्ट, २०७६ साउन ३२ गते शनि बार, फुर्सद, ‘ग’) डा० माधव प्रसाद पोखरेल अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजा : वंशावलीहरु भिडाउँदा अत्रि गोत्र र आत्रेय गोत्र हुने सबै नेपालीहरु अनि ३४ ओटा बाइसी चौबिसी राज्यका ‘चन्द्रवंशी’ राजाहरु एउटै बाबुका सन्तान […]
शिव गतिछाडा नै हुन् त?
भगवान् शिवको इतिहास (२०७६ साल असोज ४ गतेको अन्नपूर्ण पोस्टको ‘फुर्सद’ मा ‘भगवान् शिव गतिछाडा नै हुन् त?’ भन्ने शीर्षकमा प्रकाशित) डा० माधव प्रसाद पोखरेल भगवान शिवको आज हामीले देखेचिनेको स्वरूपमा उनका निम्न लिखित प्रागितिहासिक स्वरूप मिसिएका छन् : दक्षिण मध्य एसियाको तुर्कमेनिस्तानदेखि पाकिस्तानमा पञ्जाबको रावी नदी किनारको […]
सरकारी कामकाजको भाषा
सरकारी कामकाजको भाषामा वक्ता डा० माधव प्रसाद पोखरेल संविधान, ‘बहुसङ्ख्यक’ र जन गणना : नेपालको वर्तमान संविधान (धारा २८७) मा नेपाली बाहेक एक अथवा अनेक मातृभाषालाई स्थानीय, प्रादेशिक अथवा सङ्घीय तहका सरकारी कामकाजको भाषाका लागि उपयुक्त ठहरिएमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेपालको राष्ट्रिय जन गणना (२०६८ […]
संस्कृत किन कलको बिउ नेपालमा?
संस्कृत किन कलको बिउ नेपालमा?\ नेपालले संस्कृत चलाउन जानेन ! डा० माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरु ‘ऋग्वेद’ (इपू० १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट […]
महापातकी विरूपाक्ष !
विरूपाक्ष डा० माधव प्रसाद पोखरेल (‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बार) काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनारमा ओर्लिँदा दाहिने तिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा उदेक लाग्दो मूर्ति छ । त्यस मूर्तिले सबै तीर्थ यात्रीको ध्यान आफु तिर तान्छ […]
पश्चिम किल्ला चम्बा पो !
राहुलको नेपाल र नेपालीसित साइनो (नयाँ पत्रिकामा ‘पश्चिम किल्ला चम्बा पो !’ भन्ने शीर्षकमा प्रकाशित, १८ जेठ, २०७६, शनि बार) डा० माधव प्रसाद पोखरेल महापण्डित राहुल सांकृत्यायनको नाउँ नसुन्ने प्रबुद्ध नेपाली हुँदैनन् होला भन्ने मेरो अन्धविश्वास छ । सोझै अङ्ग्रेजी र संस्कृत भाषा पढ्न नसक्ने तर हिन्दी भाषा चाहिँ […]
मस्टो हाम्रो कुलदेवता
मस्टो हाम्रो कुलदेवता डा० माधव प्रसाद पोखरेल सबैजसो पहाडे खस नेपालीले दिनहुँ ‘कुलाइन’ (कुलायन, कुल देउता) लाई साँझ बत्ती बाल्नु पर्छ । कुलाइनको दियो कसैलाई छुन दिनु हुँदैन, मूल खाट र मूल ओच्छ्यानमा अरुलाई सुत्न अथवा छुन दिइँदैन । कुलाइनको दियो बालेको ठाउँमा पनि अरुलाई जान दिइँदैन । कुलाइनको […]