बुद्धि सप्रियोस्!
देश टुक्र्याउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्!
बन्धु फुटाउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्!
युद्ध चर्काउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्!
आफ्नै धोक्रो भरूँ भन्ने नेताको बुद्धि सप्रियोस्!१!
ठूलो धन्दा अँध्यारामा गर्नेको बुद्धि सप्रियोस्!
लुकी-छिपी भुँडी भर्नेहरूको बुद्धि सप्रियोस्!
चेला नेपालका बेच्नेहरूको बुद्धि सप्रियोस्!
आदर्श व्यक्तिका शत्रुहरूको बुद्धि सप्रियोस्!२!
झुक्याएर धनी बन्नेहरूको बुद्धि सप्रियोस्!
अनुशासन छोडेका अल्छीको बुद्धि सप्रियोस्!
नम्रता, शिष्ट संस्कार छोड्नेको बुद्धि सप्रियोस्!
उल्टो आदर्श रोजेरै हिँड्नेको बुद्धि सप्रियोस्!३!