श्रीमती विष्णु देवी श्रेष्ठ सुब्बा रत्न प्रसाद श्रेष्ठकी छोरी हुनु हुन्छ । धरानको सामाजिक विकासमा उहाँका परिवारको ठूलो हात छ । सुब्बा रत्न प्रसादको नाम मैले सबभन्दा पहिले दन्तकाली मन्दिरको ढोकैमा ओच्छ्याइएका सङ्गमर्मरमा देखेको थिएँ । पिण्डेश्वर मन्दिरमा पनि उहाँले सङ्गमर्मर ठोके जस्तो लाग्छ । धरान पुरानो बजारको सडकमा माथिदेखि […]
A branch of the Silk Road through Nepal
The Silk Road is the name of the ancient silk trade route linking China and Europe mainly through Central Asia (Mair 1998). The Road had a few branches and sub-branches for linking China and other parts of Asia and Europe. Chinese silk went as far as to Rome in the […]
हिउँले किचिएको बार्पाक !
गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैँले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । मर्स्याङ्दी नदीको गड्तिरै गड्तिर धेरै समय लगाएर सम्म बाटो हिडेको, साँझ झमक्क परे पछि रोमन भी आकारको छिपछिपे बाटामा हिड्दा अजल्टिएर देब्रे हातले सिस्नो समाउन […]
प्रोफेसर डाक्टर निरक्षर
छयालीस सालमा पुना विश्व विद्यालयबाट पिएचडी गरे पछि र चवन्न सालमा त्रिभुवन विश्व विद्यालयको प्राध्यापक भए पछि सन्ताउन्न सालमा चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर काम गर्न पेइचिङ जाँदा म डाक्टर भएको एघार वर्ष र प्राध्यापक भएको तीन वर्ष पुगेको थियो, तर चीनमा पुगे पछि म निरक्षर भएँ । […]
जापानमा नेपालको स्वाद
जापान फाउन्डेसनको विद्वद्वृत्ति दोस्रो पल्ट पाएर म एक वर्षलाई जापान आएको एक महिना नाघ्यो, तर जापानमा नेपालको स्वादै आएन । नेपालको जस्तो मनपरी, भाँड भैलो र लथालिङ्ग देख्न र भोग्न नपाएर सारै नियास्रो लाग्न थालेको छ । मलाई त एकदम मनै कोक्याएर आइरहेको छ । एक वर्ष यहाँ कसरी पो […]
संस्कृत विसर्गसन्धिको गलत प्रयोग
अचेल नेपाली अखबारहरूमा “पुनर्स्थापना”, “पुनर्प्रयोग”, “अन्तर्क्रिया” र “मनोकामना” जस्ता तथाकथित संस्कृत शब्दहरू प्रयोग भएका देखिन्छन् । तिनै शब्दका छेउछाउमा संस्कृत र हिन्दी रूपमिश्रण भएको “पुनर्ताजगी” भन्ने शब्द पनि पर्छ । यी शब्दहरू संस्कृत विसर्गसन्धिको नियमअनुसार अशुद्ध छन् । नेपाली पत्रकारिता क्षेत्रमा संस्कृत व्याकरण राम्रो जान्ने हेमराज ज्ञवाली जस्ता व्यक्तिहरू पनि […]
तिहारको शुभ कामना!
बुद्धि सप्रियोस्! देश टुक्र्याउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्! बन्धु फुटाउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्! युद्ध चर्काउँछौँ भन्ने नेताको बुद्धि सप्रियोस्! आफ्नै धोक्रो भरूँ भन्ने नेताको बुद्धि सप्रियोस्!१! ठूलो धन्दा अँध्यारामा गर्नेको बुद्धि सप्रियोस्! लुकी-छिपी भुँडी भर्नेहरूको बुद्धि सप्रियोस्! चेला नेपालका बेच्नेहरूको बुद्धि सप्रियोस्! आदर्श व्यक्तिका शत्रुहरूको बुद्धि सप्रियोस्!२! […]
धर्मनिरपेक्षताबारे चीनको अवधारणा
जनआन्दोलन २०६३ बाट पुनःस्थापित प्रतिनिधिसभाको घोषणाले संविधानसभाको निर्वाचनबाट आउने जनप्रतिनिधिहरूले बनाउने नेपाल अधिराज्यको प्रस्तावित संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गर्ने अवधारणा नेपालको इतिहासमा पहिलो पल्ट ल्याएको छ। यसपछि अब नेपाल हिन्दुराज्य नरहने कुरो उक्त घोषणाबाट प्रस्ट भएको छ । हाम्रो आगामी संविधानले धर्मनिरपेक्षताको कस्तो परिभाषा गर्छ त्यो कुरो चाहिँ प्रस्ट […]
उन्मत्त भैरवको भोजन
जन्मने बितिक्कैका बालखलाई पनि दूध खान लाम्टो चुस्नु पर्छ भनेर कसैले सिकाउनु पर्दैन । आफ्नो भोजनको खोजी गर्न सक्ने बुद्धि जन्तुलाई कसैले दिई राख्नै पर्दैन । जन्तु जगतमा सबै जन्तुहरू खाने कुरा र यौनले आफैँ तानिन्छन् । सबै जन्तुहरू डर लाग्यो भने आफैँ डर लाग्दो वस्तुबाट पर भाग्न जान्दछन् । […]
कैलास पर्वतको असफल यात्रा
कैलास पर्वत र मानसरोवर क्षेत्रमा पनि म पुगेको छु भन्न पाउनुलाई मैले आफ्नो जीवनका उच्चतम टाकुराहरूमा पुगे बराबरमा जोडेको छु । मेरो जीवनका उच्चतम टाकुराहरूमा मैले (क). एमआइटीमा नोम चोम्स्कीसँग ‘मिनिमलिस्ट प्रोग्राम’ बारे एक क्रेडिट कक्षा लिएर चेलो हुन पाएको, (ख). पुणें, एमआइटी, हार्वर्ड र कोबे विश्व विद्यालयमा भास्करराव, हेले, […]